aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

मुक्तिनाथ विकास बैंकले पायो ग्लोबल एसएमई अवार्ड २०२१

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ कार्तिक २०७८
मुक्तिनाथ विकास बैंकले पायो ग्लोबल एसएमई अवार्ड २०२१

काठमाडौं। मुक्तिनाथ विकास बैंकले ग्लोबल एसएमई अवार्ड २०२१ पाएको छ ।  उक्त अवार्ड विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजना गरिएको तथा जी–२० ग्लोबल पार्टनरसीप फर फाइनान्सियल इनक्लुजन (जिपिएफआई)मा समर्थित अवार्ड हो।

साना तथा लघुवित्त क्षेत्रमा प्राथमिकताका साथ काम गर्दै आएको बैंकले उक्त अवार्ड पाएको बैंकले जारी विज्ञप्तिमा उल्लेख छ। उक्त अवार्डमा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरका वित्तीय संघ संस्थाहरु सहभागी थिए।

साना तथा लघुवित्त क्षेत्रमा बैंकले पुर्‍याएको योगदानको मूल्याङ्कन गरिअवार्ड प्रदान गरिएकोले भविष्यमा पनि बैंकलाई उक्त क्षेत्रमा काम गर्न उत्साहित बनाएको विज्ञप्तिमा उल्लेख छ। बैंकले यस अघि युरोपेली माइक्रोफाइनान्स अवार्ड २०२० समेत प्राप्त गरेको थियो।
 

प्रतिक्रिया दिनुहोस