aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सांग्रिला डेभलपमेण्ट बैंकको ७४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ कार्तिक २०७८
सांग्रिला डेभलपमेण्ट बैंकको ७४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको ७४ हजार ६९५ कित्ता संस्थापक शेयर आइतवारदेखि विक्रीमा आएको छ । बैंकले यस अघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सकिने गरी ३५ दिने सुचना जारी गर्दा कुनै आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गर्न लागेको हो । 

यो शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताहरुले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ । बैंकले पाँच संस्थापक सदस्यहरुको नाममा रहेको उक्त शेयर विक्रीको आव्हान गरेको हो ।

प्रतिक्रिया दिनुहोस