aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बैंक र भन्सार कार्यालय आज राति अवेरसम्म खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
बैंक र भन्सार कार्यालय आज राति अवेरसम्म खुल्ने

काठमाडाैं । आर्थिक वर्षको अन्तिम दिन मंगलबार सबै भन्सार कार्यालय तथा बैंकका सबै राजस्व काउन्टर अबेरसम्म खुल्ने भएका छन्।

अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले बैंकका सबै राजस्व शाखा तथा काउन्टर पूरै समय खुल्ला गरी नियमित रुपमा राजस्व बुझ्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ।

यस्तै, महालेखा नियन्त्रकको कार्यालयले पनि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिँदै मंगलबार खर्चको चेकहरु सम्भव भएसम्म मंगलबारनै साटिने व्यवस्था मिलाउन भनेको छ ।

‘चेक क्लियरिङ हुने शाखा तथा काउन्टरहरुमा राति अवेरसम्म कारोबार गर्ने व्यवस्था मिलाउने आदेशानुसार अनुरोध छ,’ महालेखा नियन्त्रक कार्यलयले राष्ट्र बैंकलाई पठाएको पत्रमा उल्लेख छ ।

भन्सार पनि अबेर सम्म खुल्ने

यस्तै, आर्थिक वर्षको अन्तिम दिन सबै भन्सार कार्यलय पनि अबेरसम्म खुल्ला रहेने छन् ।

‘सामान्यतया भन्सार कार्यालय अन्य कार्यालय समयभन्दा अतिरिक्त समय पनि खुल्दै आएका छन्,’ भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले भने, 
‘तर, भन्सार कार्यलयलाई यति समयनै खोल्नु पर्ने भन्ने कुनै निर्देशन छैन्। तर सेवा प्रभावित नहुुनेगरी कार्यालय खोल्नेछौैँ। ’

यसअघि भन्सार विभागले रातिसम्म भन्सार कार्यलय खुल्ला गर्न सबै भन्सार कार्यलयलाई निर्देशन जारि गर्ने गरेको थियो। आर्थिक वर्षको अन्तिम दिन आज चालु वर्षको कारोबार यो वर्ष भित्रै गर्नुपर्ने भएकोले सेवा समय थप गरिएको हो।

प्रतिक्रिया दिनुहोस