काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको सुनधारा स्थित कर्मचारी कोष भवन काठमाण्डौ मलमा नयाँ एटिएम संचालनमा ल्याएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीचमा उक्त एटिएमको सञ्चालन गरिएको हो ।
उक्त कार्यक्रममा बैंकको काठमाडौं बैंकिङ अफिसका प्रमुख सुन्दर पन्थी, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख, अर्जनबहादुर कँडेल तथा काठमाडौं मलका व्यवस्थापक विष्णुहरि ढकाल, व्यापार संघका अध्यक्ष शिवप्रसाद ढकाल,उपाध्यक्ष मुरारी कोईराला लगायतका पदाधिकारीहरुको उपस्थीतीमा उक्त एटिएम संचालनमा ल्याइएको छ।
प्रतिक्रिया दिनुहोस