काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ । देशभर रहेका बैंकका शाखाहरुले २०७८ कात्तिक ७ देखि २०७८ कात्तिक १३ गते सम्म देहाय अनुसारका कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ ।
आइतबार बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना कार्यान्वयन गर्ने जनाएको छ । त्यस्तै, कात्तिक ८ गते विभिन्न शाखा कार्यालयहरु मार्फत निशुल्क स्वास्थ्य परीक्षण शिविर तथा आँखा जाँच गर्ने रहेको बैंकले जनाएको छ । कात्तिक ९ गते बैंकको ९८ वटा शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गर्ने, काक्तिक १० गते केन्द्रीय कार्यालय बालुवाटार सहित विभिन्न शाखा कार्यालय मार्फत रक्तदान शिविर आयोजना गर्ने रहेको छ ।
त्यस्तै, कात्तिलक ११ गते नयाँ शाखा कार्यालय उद्घाटन, काक्तिक १२ विभिन्न शाखा कार्यालयहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रहरु र काक्तिक १३ गते सम्मान कार्यक्रम तथा कृत्रिम अंग वितरण रहेको बैंकले जनाएको छ ।
उक्त कार्यक्रम सांग्रिला डेभलपमेन्ट बैकको सम्पूर्ण शाखा कार्यालयहरुले २०७८ कात्तिक ७ गतेदेखि २०७८ कात्तिक १३ गते सम्म क्रमानुसार मनाउने छ । उक्त कार्यक्रमहरुले देशव्यापी रुपमा विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
साग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहक वर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अवका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।
प्रतिक्रिया दिनुहोस