aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आरविवि मर्चेन्ट बैंकिङ्गको साधारण सभा कात्तिक ३० गते, १० प्रतिशत नगद लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
आरविवि मर्चेन्ट बैंकिङ्गको साधारण सभा कात्तिक ३० गते, १० प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले छैठौं वार्षिक साधारण सभा कात्तिक् ३० गते बोलाएको छ । कम्पनीको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय, सिंहदरबारप्लाजा, काठमाडौंमा दिउसो ३ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक र्वा ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त समेत गर्नेछ ।

सभाले गत आर्थिक वर्षसम्मको मुनाफाबाट १० प्रतिशत कर सहित नगद लाभांश वितरणको प्रस्तावलाई समेत अन्तिम रुप दिनेछ । साथै कम्पनीको नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस