aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस