aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नेपाल बैंकले यस वर्ष १७ प्रतिशत लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
नेपाल बैंकले यस वर्ष १७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल बैंकले यस वर्ष कुल १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय बैंकले गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस