काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाण्डूसंग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स प्रालिबाट प्रताप श्रेष्ठ, सी.एक्सओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक अफ काठमाण्डूकोबाट अमर राजभन्डारी, हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् र डिलन शाक्य, अफिसर– कार्ड एन्ड टेक–बेस्ड सभिस अपरेसन्सले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले बैंक अफ काठमाडौँसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, बैंक अफ काठमाण्डूसंग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।
प्रतिक्रिया दिनुहोस