काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकहरुले खुसिबू, काठमाडौंस्थित रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडमा विशेष छुट पाउने भएका छन् । बैंक र क्याफेबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचाय र रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका हुन् । सो सम्झौता बमोजिम कुमारी बैंकका ग्राहकवर्गले खुसिबस्थित रोेडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३३ शाखारहित बैंकिङ्ग ईकाई तथा १४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ । साथै, आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस