aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निःशुल्क दन्त परीक्षण आयोजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निःशुल्क दन्त परीक्षण आयोजना

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रम गर्दै आएको छ ।  सोमबार  दिनबालुवाटार स्थित केन्द्रीय कार्यालयको भवनमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरी सप्ताब्यापी बार्षिक उत्सव कार्यक्रमको शुरुवात गरेको छ । 

उक्त कार्यक्रममा ७० जनाले निःशुल्क आफ्नो दन्त परीक्षण गराई लाभांन्वित भएको बैंकले जनाएको छ । डेन्ट इन क्लिनिकको सहयोगमा सम्पन्न निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ । 

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहकासाथ मनाउन सफल भएको छ । 
 

प्रतिक्रिया दिनुहोस