aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एन आई सी एशिया बैंकद्वारा लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
एन आई सी एशिया बैंकद्वारा लाभांश प्रस्ताव

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिको मिति २०७८÷०७÷०८ गते सम्पन्न ५११ औं बैठकको निर्णयानुसार आ.व. २०७७÷७८ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश (रू. १ अर्ब ८२ करोड ५८ लाख) वितरण गर्ने प्रस्ताव गरिएको छ ।

 बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १५ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ७३ करोड ४६ लाख) र ०.७८९ प्रतिशत नगद लाभांश (रू. ९ करोड १२ लाख ९४ हजार) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २४ औं वार्षिक साधारण सभाबाट स्वीकृति पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयरधनी महानुभावहरूलाई वितरण गरिनेछ ।

बैंकले गत आ.व. २०७७/७८ मा प्रति शेयर आम्दानी रू. २८.१८ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफा करिब रू. ३ अर्ब २६ करोड आर्जन गर्न सफल भएको छ । बैंकको स्व–पुँजीमा प्रतिफल (च्यभ्) १७.०९ प्रतिशत रहेको छ र यस बैंक स्व–पुँजी प्रतिफलमा मुलुकका वाणिज्य बैंकहरू मध्ये पहिलो स्थानमा रहन सफल भएको छ । 

यस बैंकले आ.व. २०७७÷७८ मा कर्जातर्फ करिब रू. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रू. २६५ अर्ब पु¥याउन सफल भएको छ, जुन सम्पूर्ण वाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०७७÷७८ मा वाणिज्य बैंकहरूमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब रू. २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ ।  यसै गरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब रू. ८९ अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन करिब रू. २९८ अर्ब पु¥याउन बैंक सफल भएको छ, ।

  जुन सम्पूर्ण वाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै हो । मुलुकका अन्य वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ६५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७७÷७८ मा वाणिज्य बैंकहरूमा भएको निक्षेप वृद्धिको औसत प्रति बैंक निक्षेप वृद्धि करिब रू. २१.७३ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ४.०९ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस