काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ३२ हजार कित्ता संस्थापक शेयर कात्तिक १० गते बुधवारदेखि विक्रीमा आएको छ । बैंकले प्रतिकित्ता २१० रुपैयाँ कित्ता मूल्य तोकेर विद्यमान संस्थापक शेयरधनीहरुका लागि उक्त शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा वा बाँकी रहन गएमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस