
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आगामी मंसिर २ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको कात्तिक ९ गतेको सञ्चालक समितिको बैठकले भर्चुअल माध्यमबाट बैंकको रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित १५ दशमलव ५० प्रतिशत लाभांश समेत पारित गर्नेछ ।
यस वर्ष बैंकले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सभाले आगामी चार वर्षे कार्यकालका लागि संस्थापक समूहबाट तीन जना र सर्वसाधारण तर्फबाट तीन जना गरी ६ जना सञ्चालक निर्वाचन समेत गर्नेछ । निर्वाचन कार्यक्रम भने बैंकले दिउसो ३ बजेदेखि सुरु हुने बैंकले जानकारी दिएको छ ।
बैंकले साधारण सभा प्रयोजनका लागि कात्तिक १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक १४ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस