काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ७८ हजार ४६६ कित्ता संस्थापक शेयर कात्तिक १० गतेदेखि लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्ने गरी लिलामीमा ल्याएको हो । यो शेयर खरिदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट यी शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रकृया अघि बढाईने बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस