aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

कुमारी बैंकले २ लाख कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० कार्तिक २०७८
कुमारी बैंकले २ लाख कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने

काठमाडौं । कुमारी बैंकको २ लाख कित्ता संस्थापक शेयर कात्तिक १० गतेदेखि लिलामीमा आएको छ । बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लीको नाममा रहेको उक्त शेयर विक्रीका लागि ३५ दिने सुचना बुधवार जारी गरेको हो । यो शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

विद्यमान संस्थापक शेयरधनीहरुले सुचना जारी भएको मितिले ३५ दिनभित्र उक्त शेयर खरिदका लागि बैंकको शेयर रजिष्ट्रार कार्यालय कुमारी क्यापिटल वा बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस