aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बुधवार नबिल बैंकको सर्वाधिक रकमको शेयर कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० कार्तिक २०७८
बुधवार नबिल बैंकको सर्वाधिक रकमको शेयर कारोबार

काठमाडौं । बुधवार पनि शेयर बजार बढीरहेको छ । कारोबारको साढे तीन घण्टाको अवधिसम्म नेप्से २१ दशमलव ८६ अंकले बढेर २ हजार ७७२ दशमलव ९३ विन्दुमा पुगेको छ । यो अवधिसम्म ५ अर्ब ४० करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएकोमा सर्वाधिक हिस्सा नबिल बैंकले ओगटेको छ ।

सर्वाधिक रकमको कारोबार भैरहेको नबिल बैंकको साढे तीन घण्टाको अवधिसम्म ३७ करोड ६१ लाख ३० हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।

नबिल बैंकले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गर्न बाँकी रहेको छ । गत वर्ष वाणिज्य बैंकहरुमध्यकै सर्वाधिक लाभांश वितरण गरेको नबिलले यस वर्ष पनि आकर्षक लाभांश वितरण गर्नेमा लगानीकर्ताहरु आशाबादी रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस