aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

एनआईसी एशिया बैंकको स्वतन्त्र संचालक नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० कार्तिक २०७८
एनआईसी एशिया बैंकको स्वतन्त्र संचालक नियुक्त

काठमाडौं । एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गरेको छ ।  नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगाल्नुभएकी बिजया स्वारलाई बैंकको सञ्चालक समितिले नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक श्रीमती बिजया स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी छिन । 

फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनी कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा शुरु गरि सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश भएकी थिइन । 

प्रतिक्रिया दिनुहोस