aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ कार्तिक २०७८
सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ३ हजार ९७६ कित्ता संस्थापक शेयर कात्तिक ११ गतेदेखि विक्रीमा आएको छ । बैंकले शेयरधनी ऋषि राम पोखरेलको नाममा रहेको उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सुचना जारी गरेको हो । 

बैंकले यो शेयरको मूल्य २०४ रुपैयाँ तोकेको छ । तोकेको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थामा शेयर विक्री गरिने जानकारी समेत बैंकले गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस