aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

कुमारी बैंकको ३ हजार १६२ कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सुचना जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ कार्तिक २०७८
कुमारी बैंकको ३ हजार १६२ कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सुचना जारी

काठमाडौं । कुमारी बैंक लिमिटेडको ३ हजार १६२ कित्ता संस्थापक शेयर विक्रीका लागि बिहीवार ३५ दिने सुचना जारी भएको छ । बैंकले शेयरधनी बसन्त कुवरको नाममा रहेको उक्त शेयर विक्रीका लागि विद्यमान संस्थापक शेयरधनीहरुमा ३५ दिने सुचना जारी गरेको हो ।

यो शेयर खरिद गर्न चाहने शेयरधनीहरुले तोकिएको मितिभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड वा बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा वा शेयर पूर्ण रुपमा विक्री नभएर अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने बैंकले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस