aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एनएमबि लघुवित्तले प्रस्ताव गर्याे २२.६३ प्रतिशत लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ कार्तिक २०७८
एनएमबि लघुवित्तले प्रस्ताव गर्याे २२.६३ प्रतिशत लाभांश

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ११ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ५३ करोड ९८ लाख ४ हजार रुपैयाँको आधारमा २१ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस