
काठमाडौं । एभरेष्ट बैंकले गत आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १० दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ६ प्रतिशत बोनस शेयर र ४ दशमलव ३२ प्रतिशत नगद लाभांश कर समेत गरेर कुल १० दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको कात्तिक १२ गते बिहान ११ बजे बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रतिक्रिया दिनुहोस