काठमाडौं। गरिमा विकास बैंकले सहारा विकास बैंकलाई अक्वायरपछि यहि कात्तिक २८ गतेबाट एकीकृत कारोबार शुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत कारोबारका लागि कात्तिक ११ गते अन्तिम स्वीकृति दिएको छ। राष्ट्रिय स्तरको गरिमा विकास बैंक र एक जिल्ले सहारा विकास बैंक एक आपसमा गाभिन लागेका हुन । नाम भने गरिमा विकास बैंक रहने छ ।
गरिमाको सातै प्रदेशमा शाखा सञ्जाल पुगिसकेको छ। सहाराको सर्लाहीमा ४ शाखा कार्यालय र एउटा एक्स्टेन्सन काउन्टर छ। गत वैशाख १ गतेभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य भए पनि कोरोना संक्रमण फैलिएर लकडाउन गरिएको थियो। यसले गर्दा सबै प्रक्रिया ढिला भएको थियो।
गरिमाको ३ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पुँजी छ। सहाराको २७ करोड २२ लाख रुपैयाँ चुक्ता पुँजी छ। एकिकृत कारोबारपछि चुक्ता पुँजी ३ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ।
प्रतिक्रिया दिनुहोस