aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

कुमारी बैंकले ५४ करोड ११ लाख कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ कार्तिक २०७८
कुमारी बैंकले ५४ करोड ११ लाख कमायो

काठमाडौं । कुमारी बैंक लिमिटेडको यो वर्षको पहिलो त्रैमासको ५४ करोड ११ लाख १९ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकको वित्तिय विवरण अनुसार गत वर्षको सोहि अवधिकोभन्दा मुनाफामा गिरावट आएको देखिन्छ । गत वर्षको यही अवधिमा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि १०.५८ प्रतिशत घटेर ७६ करोड ९४ लाख रुपैयाँ रहेको छ ।  गत वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा ८६ करोड ५ लाख रूपैयाँ रहेको थियो । 

बैंकको पहिलो त्रैमासमा बैंकले ब्याज आम्दानीबाट १ अर्ब २८ करोड ६९ लाख रुपैयाँ मात्र कमाएको छ । गत वर्षको सोहि अवधिकोभन्दा ब्याज आम्दानीमा  २.१९ प्रतिशतले घटेको छ ।  बैंकको वितरण योग्य मुनाफा १ अर्ब १० करोड ६३ लाख रुपैयाँमा सिमित भएको छ। पहिलो त्रैमाससम्ममा बैंकको मूल्य आम्दानी रेसिया (पिई रेसियो) १८.४६ गुणा रहेको छ ।

 बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने  बैंकको जगेडा कोषमा ५ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।  बैंकको  प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६० पैसा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५६ पैसा पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस