काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आइतबार प्रकाशित बैंकको अपरिष्कृत वित्तीय विवरणमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.५० प्रतिशतले नाफामा वृद्धि गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशतले बढेसँगै बैंकको खुद नाफा बढेको हो ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ८७.२७ प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ६५.८१ प्रतिशत बढेको छ। गत वर्ष यहि अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४८ करोड ६२ लाख ऋणात्मक रहेको बैंकको २९ करोड ७८ लाख रुपैयाँ रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ५ पैसाबाट १४ रुपैयाँ ५५ पैसा बढेर ३४ रुपैयाँ ६६ पैसा पुगेको छ।
प्रतिक्रिया दिनुहोस