काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड २४ लाख ६० हजार रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड १२ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४०.४९ प्रतिशत बढाएको छ । वित्तीय संस्थाको सञ्चालन मुनाफा ४.०२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, निष्क्रिय कर्जा २.१ प्रतिशतबाट बढेर ३.३७ प्रतिशत पुगे छ । लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेको छ । भने जगेडा कोष ३१.१० प्रतिशत रहेको छ।
नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५५ पैसाबाट ३ रुपैयाँ ५९ पैसा घटेर २४ रुपैयाँ ५ पैसामा झरेको छ। असोज मसान्तसम्ममा प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ६५ पैसा रहेको वित्तीय संस्थाको वित्तीय विवरणमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस