
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने समय थप गरिएको छ । बैंकको हकप्रद शेयर असोज २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको हो । बैंकको हकप्रद शेयरमा अब लगानीकर्ताले कात्तिक २९ गतेसम्म आवेदन दिन पाउने भएका छन।
बैंकले हाल कायम १० कित्ता शेयर बराबर ३ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ। बैंकले एक सय रुपैयाँ अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद जारी गरेको हो।
बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
प्रतिक्रिया दिनुहोस