aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर खरिदका लागि अवधि थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ कार्तिक २०७८
एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर खरिदका लागि अवधि थप

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन दिने  अवधि थप भएको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक १४ गतेसम्मको निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर खरिदका लागि अवधि थप गरी कात्तिक २९ गतेसम्मको मिति तय गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजी ८१ करोड ११ लाख २१ हजार रुपैयाँको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री खुला गरेको हो । यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असोज १ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन योग्य भएका छन् ।  

यो हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस