काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १५ दशमलव ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कात्तिक १२ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँको आधारमा १२ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित यो लाभांश वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस