
काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९२५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको कात्तिक १२ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रतिक्रिया दिनुहोस