aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

कुमारी बैंकको नाफा १० प्रतिशतले घट्यो , वितरणयोग्य नाफा १ अर्बभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ कार्तिक २०७८
कुमारी बैंकको नाफा १० प्रतिशतले घट्यो , वितरणयोग्य नाफा १ अर्बभन्दा बढी

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षको तुलनामा बैंकको खुद नाफा १० दशमलव १९ प्रतिशत कम भएको छ ।

गत वर्ष ६० करोड २५ लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ५४ करोड ११ लाख रुपैयाँ भन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज बढेकाले खुद नाफामा कमि भएको हो । गत वर्ष १ करोड ३४ लाख रुपैयाँ भन्दा बढी मात्र इम्पेरमेण्ट चार्ज शिर्षकमा खर्च गरेको बैंकले यस वर्ष यो शिर्षकमा १३ करोड २७ लाख रुपैयाँ भन्दा बढी खर्च गरेको हो । 

यस वर्ष बैंकको सञ्चालन नाफा भने १० दशमलव ५८ प्रतिशत कम ७६ करोड ९४ लाख रुपैयाँ भन्दा बढी भएको छ । हाल बैंकको चुक्तापूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ । जगेडा कोष रकम ३ अअर्ब ९३ करोड ८६ लाख रुपैयाँ भन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निंग १ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढी छ । शेयर प्रिमियममा ८ करोड ८८ लाख रुपैयाँ भन्दा बढी रकम कायम रहेको छ । 

पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड ६३ लाख रुपैयाँ भन्दा बढी रहेको छ । गत वर्षभन्दा ६ दशमलव ४१ प्रतिशत बढी १ खर्ब ५५ अर्ब १८ करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको बैंकले साढे १० प्रतिशत बढी १ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

निष्क्रिय कर्जा १ दशमलव ४३ प्रतिशतदेखि घटेर शून्य दशमलव ८२ प्रतिशत कायम भएको छ । बैंकको प्रतिशेयर आम्दानी १५ दशमलव ६० र प्रतिशेयर नेटवर्थ ३८ दशमलव ५६ रहेको छ । यस बैंकले गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कात्तिक १६ गते २१औं वार्षिक साधारण सभामार्फत पारित गराउने तयारी बैंकले गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस