aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

२४ क्षेत्रका फर्म वा कम्पनीलाई ऋणको आवेदन दिन राष्ट्र बैंकले बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ कार्तिक २०७८
२४ क्षेत्रका फर्म वा कम्पनीलाई ऋणको आवेदन दिन राष्ट्र बैंकले बोलायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट अति प्रभावित भएको २४ क्षेत्रलाई पुनरकर्जाको आवेदन दिनका लागि सूचना जारी गरेको छ । आइतबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को लागि बैंक तथा वित्तीय संस्थाहरूसँग पुनरकर्जाको लागि आवेदन माग गरेको हो । 

कोभिड १९ले असर पारेको क्षेत्रलाई यस्तो रकम पुनरकर्जा कार्याविधि २०७७ अनुसार एकमुष्ट रूपमा प्रदान गर्न गर्ने छ । लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन दिन राष्ट्र बैंकले जारी गरेको सूचनामा जनाएको छ । 

राष्ट्र बैंकले जारी गरेको सूचनामा क देखि ग वर्गसम्मका वित्तीय संस्थाबाट  पुरकर्जाको लागि आवेदन माग गर्न राष्ट्र बैंकले सूचना जारी गरेको हो । यस्तो कर्जामा आवेदन दिनका लागि १४ कात्तिकदेखि आगामी १९ मंसिरसम्मको समय तोकिएको छ । 

राष्ट्र बैंकले यस्तो कर्जाका लागि आवेदन माग गरेको यो दोस्रो पटक हो । यस्तो कर्जाको आवेदन माग गर्दा रितपूर्वक र आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म हुन पर्ने सूचनामा उल्लेख छ । त्यस्तै एकभन्दा बढी वित्तीय संस्थाबाट वित्तीय सुविधा लिइरहेका कम्पनी फर्महरुले भने एउटै वित्तीय संस्थाबाट मात्र यस्तो ऋणको आवेदन दिन सक्ने छन् । 

यस्तो ऋण लिने वित्तीय संस्थाहरुका एक शाखाबाट पाँच वटा फर्मलाई मात्र ऋण दिन पाउनेछन् । ऋण दिने संस्थाको पुँजी कोष राष्ट्र बैंकले तोके बमोजिमका भएका वित्तीय संस्थाहरुले मात्र यस्तो ऋणको आवेदन लिन पाउने छ । साथै पुनरकर्जा लिनका लागि राष्ट्र बैकले बनाएको कार्यविधिभन्दा फरक प्रकारका कम्पनी वा फर्म र रित नपुगेका कम्पनी तथा फर्मको आवेदन खारेज गरिने राष्ट्र बैंकले जनाएको छ ।  


 

प्रतिक्रिया दिनुहोस