काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म लुम्बिनी विकास बैंक लिमिटेडले २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेको छ । आइतवार सार्वजनिक बैंकको अपस्किृत वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ९० दशमलव ८० प्रतिशत बृद्धि भएको हो ।
सञ्चालन नाफा यस वर्ष ८३ दशमलव ४० प्रतिशत बढी २९ करोड २७ लाख ९४ हजार रुपैयाँ भएको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने ५१ करोड १ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापूँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निग सहित जगेडा कोष रकम २ अर्ब ५३ करोड ५४ हजार रुपैयाँ छ । यस वर्ष बैंकले ३६ अर्ब ५५ करोड ४४ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३२ अर्ब ३९ करोड ८० लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ३६ प्रतिशत रहेकोमा यस वर्ष १ दशमलव ३१ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी २९ दशमलव ३४ र प्रतिशेयर नेटवर्थ १८७ दशमलव शून्य ५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस