aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सनराइज क्यापिटलको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ कार्तिक २०७८
सनराइज क्यापिटलको लाभांश पारित

काठमाडौं । सनराइज क्यापिटलको एघारौ वार्षिक साधारण सभाले  लाभांस पारित गरेको छ । सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम चुक्तापुँजीको ४० प्रतिशत (करसहित) का दरले हुन आउने ८ करोड नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सानहिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल सेयर रजिष्ट्रार, सेयर अन्डरराइटिङ, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरीको कार्यसमेत सञ्चालन गर्दै आम लगानीकर्तालाई सु्दृढ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।

क्यापिटलले हाल सनराइज म्युचुअल फण्ड अन्तर्गत सनराइज फस्र्ट म्युुचुअल फण्ड तथा सनराइज ब्लुचिप फण्ड योजना सञ्चालन गर्दै आएको छ । सनराइज फस्र्ट म्युुचुअल फण्ड योजनाले आव २०७७/०७८ को मुनाफाबाट इकाईधनीलाई ५०प्रतिशत (कर सहित) प्रतिफल वितरण गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस