
काठमाडौं । सानिमा बैंक लिमिटेडले कार्तिक १४ गते आईतबारका दिन १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोभिड १९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाइ शेयरधनीहरुको उपस्थितिमा बैठक सम्पन्न गरियो । साथै अधिकतम शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको थियो । चुक्ता पँुजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको संस्थापक समूहको तर्फबाट संचालक समितिमा तुक प्रसाद पौडेल, श्रीमती गायत्री थापा र डा. केशव प्रसाद आचार्य १७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित भएका छन । तुक प्रसाद पौडेल र श्रीमती गायत्री थापा भने पुःननिर्वाचित भएका हुन ।
आर्थिक बर्ष २०७७/७८ मा रु. २.३२ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १६०.७५ अर्ब, कुल निक्षेप रु. १३०.८८ अर्ब तथा खुद कर्जा सापटी रु १२३.१७ अर्ब रहेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले बृद्धि भएको बैंकले जनाएको छ ।
बैंकको वित्तिय परिसूचकमा निष्क्रिय कर्जा ०.१२ प्रतिशत, पुँजीकोष १३.५७ प्रतिशत, तरलता २२.१५ प्रतिशत, कर्जा निक्षेप अनुपात (मासिक औसत)
८२.३१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस