काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नबिल बैंकले रू. १ अर्ब ११ करोड २२ लाखभन्दा बढी खुद नाफा गरेको छ । सोमवार सार्वजनिक बैंकको अपस्किृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत वर्षभन्दा ७ दशमलव ३९ प्रतिशत बढेको हो ।
गत वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ३ करोड ५७ लाखभन्दा बढी यो नाफा गरेको थियो । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. ८५ करोड १९ लाख ८९ हजार रहेको छ । हाल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार छ । शेयर प्रिमियर र रिटेन्ड अर्निग सहित बैंकको जगेडा कोष रकम रू. २० अर्ब ३९ करोड ३८ लाख ९३ हजार रहेको छ ।
बैंकले यस वर्ष ४ दशमलव ६७ प्रतिशत बढी रू. २ खर्ब २५ अर्ब ८८ करोड ४५ लाख १६ हजार निक्षेप संकलन गरेको छ भने रू. २ खर्ब ७ अर्ब ४३ करोड ७२ लाख ८३ हजार कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ६५ प्रतिशत रहेकोमा यो वर्ष बढेर १ दशमलव १३ प्रतिशत कायम भएको छ । बैंकको प्रतिशेयर आम्दानी रू. ३२ दशमलव १४ र प्रतिशेयर नेटवर्थ रू. २४७ दशमलव ३१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस