काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. १ अर्ब ४ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ४२ दशमलव ४९ प्रतिशत बढी भएको हो । गत वर्ष यो अवधिसम्म बैंकको खुद नाफा रू. ७३ करोड २९ लाखभन्दा बढी थियो ।
यस वर्ष सञ्चालन नाफा पनि ३९ दशमलव ४७ प्रतिशत बढी रू. १ अर्ब ४७ करोड ६८ हजार भएको छ । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. ४५ करोड ८४ लाख ५२ हजार रहेको छ । वितरणयोग्य नाफामा भने यो वर्ष कमि आएको हो । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ५१ करोड ९१ लाखभन्दा बढी थियो । हाल बैंकको चुक्तापूँजी रू. १६ अर्ब ३२ करोड ५९ लाख ६१ हजार रहेको छ । रिटेन्ड अर्निग सहित बैंकको जगेडा कोषमा रू. ८ अर्ब ६५ करोड ८३ लाखभन्दा बढी रकम कायम रहेको छ ।
गत वर्षभन्दा ५ दशमलव ४६ प्रतिशत बढी रू. १ अर्ब ७३ अर्ब ४६ करोड ६६ लाख निक्षेप संकलन गरेको बैंकले रू. १ खर्ब ६५ अर्ब ५७ करोड ३७ लाख कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव २६ प्रतिशत रहेकोमा यस वर्ष घटेर १ दशमलव ८५ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी रू. २५ दशमलव ५९ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १५३ दशमलव शून्य ३ छ ।
प्रतिक्रिया दिनुहोस