aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

लक्ष्मी बैंकको खुद नाफा करिब ७७ प्रतिशत बृद्धि, वितरणयोग्य नाफा २ अर्बभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
लक्ष्मी बैंकको खुद नाफा करिब ७७ प्रतिशत बृद्धि, वितरणयोग्य नाफा २ अर्बभन्दा बढी

काठमाडौं । लक्ष्मी बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षभन्दा ७६ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष रू. ३१ करोड २३ लाख ७२ हजार खुद नाफा गरेको बैंकले यस वर्ष रू. ५५ करोड २८ लाख ७० हजार यो नाफा गरेको हो । यस वर्ष बैंकको सञ्चालन नाफा भने ७२ दशमलव ५९ प्रतिशत बढी रू. ७७ करोड ३२ लाख ४ हजार रहेको छ ।

पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब ३ करोड ३० लाख ७८ हजार रहेको छ । रू. १० अर्ब ६९ करोड ५६ लाख ९० हजार चुक्तापूँजी रहेको यो बैंकको रिटेन्ड अर्निग सहित जगेडा कोष रकम रू. ६ अर्ब ५ करोड ८५ लाख ५६ हजार रहेको छ । बैंकले यस वर्ष गत वर्षभन्दा करिब ३ प्रतिशत बढी रू. १ खर्ब १७ अर्ब ९३ करोड ६६ लाख निक्षेप संकलन गरेको छ भने गत वर्षभन्दा ८ दशमलव २३ प्रतिशत बढी रू. १ खर्ब १४ अर्ब ७४ करोड ६ लाख कर्जा प्रवाह गरेको छ ।

बैंकको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ९७ प्रतिशत रहेकोमा यस वर्ष घटेर शून्य दशमलव ४९ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी रू. २० दशमलव ६८ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १५६ दशमलव ७४ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस