काठमाडौं । प्रभु बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षभन्दा २५ दशमलव १४ प्रतिशत कम खुद नाफा गरेको छ । सोमवार सार्वजनिक बैंकको अपरिस्कृत वित्तीय विवरण अुनसार यस वर्ष बैंकले रू. ६३ करोड ६३ लाख २१ हजार खुद नाफा गरेको हो । गत वर्ष यो नाफा रू. ८५ करोड १४ हजार थियो ।
सञ्चाल नाफा २९ दशमलव ४६ प्रतिशत कम रू. ८८ करोड २५ लाख १६ हजार भएको छ । सञ्चालन नाफा घटेसँगै बैंकको खुद नाफामा कमि आएको हो । पहिलो त्रैमाससम्म बैंकको विरणयोग्य नाफा भने रू. ३० करोड ४४ लाख ३१ हजार रहेको छ । गत वर्ष यो रकम रू. १७ करोड ५६ लाख २८ हजार थियो ।
हाल बैंकको चुक्तापूँजी रू.११ अर्ब ३४ करोड ७० लाख ५७ हजार छ । रिटेन्ड अर्निग सहित बैंकको जगेडा कोष रकम गत वर्षभन्दा ९ दशमलव २६ प्रतिशत बढी रू. ६ अर्ब ६३ करोड २८ लाख ९५ हजार कायम भएको छ । यस वर्ष बैंकले रू. १ खर्ब ६५ अर्ब ४५ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. १ खर्ब ३८ अर्ब ४७ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रि कर्जा २ दशमलव ६७ प्रतिशतदेखि घटेर १ दशमलव ६१ प्रतिशतमा झरेको बैंकको प्रतिशेयर आम्दानी रू. २२ दशमलव ४३ र प्रतिशेयर नेटवर्थ रू. १५८ दशमलव ४५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस