काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमा बैंकले रू. ५६ करोड ७८ लाख ६० हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ५२ दशमलव १४ प्रतिशत बृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले रू. ३७ करोड ३२ लाख ५५ हजार यो नाफा गरेको थियो ।
बैंकको सञ्चालन नाफा यस वर्ष ४७ दशमलव ४५ प्रतिशत बढी रू. ७८ करोड ६२ लाख ५३ हजार भएको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ९६ करोडभन्दा बढी छ । हाल बैंकको चुक्तापूँजी रू. ९ अर्ब ६८ करोड १५ लाख १९ हजार रहेको छ । रिटेन्ड अर्निग सहित बैंकको जगेडा कोष रकम रू. ५ अर्ब ७५ करोड १५ लाखभन्दा बढी रहेको छ ।
बैंकको निक्षेप संकलन गत वर्षभन्दा ९ दशमलव ४८ प्रतिशत बढी रू. १ खर्ब ४० अर्ब ५९ करोड ७९ लाख रहेको छ भने कर्जा प्रवाह गत वर्षभन्दा ७ दशमलव ३९ प्रतिशत बढी रू. १ खर्ब २७ अर्ब ८६ करोड ६३ लाख रहेको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ४ प्रतिशतदेखि बृद्धि भई शून्य दशमलव ११ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी रू. २३ दशमलव ४६ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ४१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस