aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

मेगा बैंकको वितरणयोग्य नाफा करिब ५० करोड, खुद नाफा ९१ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
मेगा बैंकको वितरणयोग्य नाफा करिब ५० करोड, खुद नाफा ९१ करोडभन्दा बढी

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. ९१ करोड ४६ लाख ८६ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैैंकको यो नाफा रू. ६० करोड ७९ लाख ३ हजार थियो । 

गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ५० दशमलव ४७ प्रतिशत बढी भएको हो । सञ्चालन नाफा ४७ दशमलव ९६ प्रतिशतले बढेकाले बैंकको खुद नाफा बढ्नमा सहयोग मिलेको हो । यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ४९ करोड ८३ लाख ७४ हजार रहेको छ । 

हाल बैंकको चुक्तापूँजी रू. १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रहेको छ । शेयर प्रिमियम र रिटेन्ड अर्निग सहित बैंकको जगेडा कोष रकम गत वर्षभन्दा १६ दशमलव ४७ प्रतिशत बढी रू. ६ अर्ब ५९ करोड २९ लाख ९९ हजार कायम भएको छ । यस वर्ष निक्षेप संकलन करिब ४ प्रतिशत र कर्जा प्रवाह ३ दशमलव २७ प्रतिशत बृद्धि भएको छ । 

बैंकले रू. १ खर्ब ४२ अर्ब ३२ करोडभन्दा बढी निक्षेप संकलन गरेको हो ने रू. १ खर्ब ४१ अर्ब ८५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको हो । गत वर्ष १ दशमलव शून्य १ रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ८९ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. २४ दशमलव ९७ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव ९९ छ ।
 

प्रतिक्रिया दिनुहोस