aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नेपाल बैंकले कमायो ७५ करोड ४८ लाख खुद नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
नेपाल बैंकले कमायो ७५ करोड ४८ लाख खुद नाफा

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।   

नेपाल बैंक सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.९८ प्रतिशत बढेको छ । साथै सञ्चालन मुनाफा २१.९७ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १४ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ४.६६ प्रतिशत बढेको छ भने बैंकको निक्षेप ६.३२ प्रतिशत बढेको छ । साथै कर्जा ९.३९ प्रतिशत बढेको छ । 
 

प्रतिक्रिया दिनुहोस