aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नेप्सेमा नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
नेप्सेमा नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल बङ्गलादेश बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको प्रस्तावित १२ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । 

बैंकको आइतवार कायम अन्तिम मूल्य रू. ४२५ दशमलव ८० को आधारमा बोनसपछिको मूल्य रू. ३८० दशमलव १८ तोकेको हो । यस वर्ष बैंकले बोनससँगै कर प्रयोजन समेतका लागि ३ दशमलव ५० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने तयारी गरेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले मंसिर २ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । 

सभाले आगामी चार वर्षे कार्यकालका लागि संस्थापक समूहबाट तीन जना र सर्वसाधारण तर्फबाट तीन जना गरी ६ जना सञ्चालक निर्वाचन समेत गर्नेछ । बैंकले साधारण सभा प्रयोजनका लागि कात्तिक १५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक १४ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस