aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

२० वाणिज्य बैंकको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, कुन बैंकले कति कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
२० वाणिज्य बैंकको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, कुन बैंकले कति कमायो

काठमाडौं । विभिन्न २० वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नबिल बैंक, एनआईसी एसिया बैंक, मेगा बैंक, नेपाल बैंक, प्रभु बैंक, लक्ष्मी बैंक लगायत २० वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।  

नबिल बैंक
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नबिल बैंकले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको अपस्किृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत वर्षभन्दा ७ दशमलव ३९ प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब ३ करोड ५७ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको थियो । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने ८५ करोड १९ लाख ८९ हजार रुपैयाँ रहेको छ । हाल बैंकको चुक्तापूँजी १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ छ । 

एनआईसी एशिया बैंक  
एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब १८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

एनएमबि बैंक 
एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ४ करोड ४४ लाखरुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ४२ दशमलव ४९ प्रतिशत बढी भएको हो । गत वर्ष यो अवधिसम्म बैंकको खुद नाफा ७३ करोड २९ लाखरुपैयाँभन्दा बढी थियो । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ४५ करोड ८४ लाख ५२ हजार रुपैयाँ रहेको छ । हाल बैंकको चुक्तापूँजी १६ अर्ब ३२ करोड ५९ लाख ६१ हजार रुपैयाँ रहेको छ । 

लक्ष्मी बैंक
लक्ष्मी बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षभन्दा ७६ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष ३१ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष ५५ करोड २८ लाख ७० हजार रुपैयाँ नाफा गरेको हो । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ३ करोड ३० लाख ७८ हजार रुपैयाँ रहेको छ । हाल बैंकको चुक्तापूँजी १० अर्ब ६९ करोड ५६ लाख ९० हजार रुपैयाँ रहेको छ । 

प्रभु बैंक
प्रभु बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षभन्दा २५ दशमलव १४ प्रतिशत कम खुद नाफा गरेको छ । सोमवार सार्वजनिक बैंकको अपरिस्कृत वित्तीय विवरण अुनसार यस वर्ष बैंकले ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्ष यो नाफा ८५ करोड १४ हजार रुपैयाँ थियो । पहिलो त्रैमाससम्म बैंकको विरणयोग्य नाफा भने ३० करोड ४४ लाख ३१ हजार रुपैयाँ रहेको छ । हाल बंैकको चुक्तापूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ छ ।  

सानिमा बैंक
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमा बैंकले ५६ करोड ७८ लाख ६० हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैैंकको खुद नाफा ५२ दशमलव १४ प्रतिशत बृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले ३७ करोड ३२ लाख ५५ हजार रुपैयाँ यो नाफा गरेको थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ९६ करोडरुपैयाँ भन्दा बढी छ । हाल बैंकको चुक्तापूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार रुपैयाँ रहेको छ । 

मेगा बैंक
मेगा बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैैंकको यो नाफा ६० करोड ७९ लाख ३ हजार रुपैयाँ थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा ४९ करोड ८३ लाख ७४ हजार रुपैयाँ रहेको छ । हाल बैंकको चुक्तापूँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

नेपाल बैंक
नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १४ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

राष्ट्रिय वाणिज्य बैक
राष्ट्रिय वाणिज्य बैकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २६.६९ प्रतिशतले नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार यस बैंकले एक अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको खुद ब्याज आम्दानी २५ प्रतिशतले बढेर २ अर्ब ३४ करोड नाघेको छ ।

प्राइम कमर्शियल बैंक
प्राइम कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ३२ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

कुमारी बैंक
कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममाको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षको तुलनामा बैंकको खुद नाफा १० दशमलव १९ प्रतिशत कम भएको छ ।गत वर्ष ६० करोड २५ लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ५४ करोड ११ लाख रुपैयाँ भन्दा बढी मात्र यो नाफा गरेको हो । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड ६३ लाख रुपैयाँ भन्दा बढी रहेको छ । हाल बैंकको चुक्तापूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.५० प्रतिशतले नाफामा वृद्धि गरेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।गत वर्ष यहि अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४८ करोड ६२ लाख ऋणात्मक रहेको बैंकको २९ करोड ७८ लाख रुपैयाँ रहेको छ । 

कृषि विकास बैंक
कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा  ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशत नाफामा वृद्धि गरेको विवरण सार्वजनिक गरेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा २ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २७.९३ प्रतिशतले नाफा घटेको छ । बैंकको स्प्रेड दर घटेर खुद ब्याज आम्दानी प्रभावित हुँदा नाफा घटेको हो।बैंकले चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ४१ करोड १६ लाख रुपैयाँमा सीमित भएको जनाएको छ । बैंकको खुद ब्याज आम्दानी २.२६ प्रतिशतले घटेर ६७ करोड ६५ लाख रुपैयाँमा खुम्चिएको छ । 

एभरेष्ट बैंक

एभरेष्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म  ५७ करोड ८८ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ७२ दशमलव ९२ प्रतिशत बढेको हो । गत वर्ष बैंकले ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यस अवधिसम्म बैंकको सञ्चालन नाफा भने ७२ दशमलव ९९ प्रतिशत बृद्धि भएको छ । गत वर्ष  ४७ करोड ८२ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष ५७ करोड ८८ लाख रुपैयाँ भन्दा बढी यो नाफा गरेको हो । यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी रहेको छ । हाल बैंकको चुक्तापूँजी  ९ अर्ब ९३ करोड ३७ लाख १७ हजार रुपैयाँ रहेको छ । 

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ५५.५८ प्रतिशतले नाफा बढाएर ५६ करोड १५ लाख रुपैयाँ पु¥याएको हो । बैंकको खुद ब्याज आम्दानी ३२.७९ प्रतिशतले बढेर एक अर्ब २६ करोड रुपैयाँ नाघेको छ । बैंकले यो अवधिमा ऋण करिव १२ प्रतिशतले बढाएको छ । बैंकको ऋण एक खर्ब २७ अर्ब रुपैयाँ नाघेको छ ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा ५.०४ प्रतिशतले बढेको छ । बैंकले एक अर्ब ११ करोड २२ लाख रुपैयाँ नाफा गरेको हो । बैंकको स्प्रेड दर ५.०३ प्रतिशतबाट घटेर ३.४९ प्रतिशतमा झरेको छ । साथै खुद ब्याज आम्दानी ९.८१ प्रतिशतले घटेर २ अर्ब ३३ करोड रुपैयाँमा झरेको छ ।

नेपाल एसबिआइ बैंक
नेपाल एसबिआइ बैंकले चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफा ८६ प्रतिशतले बढेर ३७ करोड २९ लाख रुपैयाँ पुगेको छ। बैंकले ऋण साढे ८ प्रतिशतले बढाएर खुद ब्याज आम्दानीमा ४१ प्रतिशतको छलाङ मारेको छ । बैंकले स्प्रेड ३.९४ प्रतिशतबाट ३.०९ प्रतिशतमा झारेको छ ।

सिभिल बैंक
सिभिल बैंकलेचालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २९ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा २०२ प्रतिशत हाराहारीले बढि हो । बैंकले खुद ब्याज आम्दानी ४२.८१ प्रतिशतले वृद्धि गरेको छ। बैंकको खुद ब्याज आम्दानी ७१ करोड रुपैयाँ नाघेको हो । 

सनराइज बैंक 
सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा साढे १२ प्रतिशतले बढाएको छ । बैंकले यस अवधिमा ४३ करोड रुपैयाँ नाफा गरेको छ। साथै बैंकको खुद ब्याज आम्दानी आधा प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी ९२ करोड ३२ लाख रुपैयाँ भएको छ ।
 

प्रतिक्रिया दिनुहोस