
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको ०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार रुपैयाँको आधारमा १० दशमलव ९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैंकको कात्तिक १४ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस