aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले घढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले घढ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रेमासको वित्तीय विवरणमा नाफा ४८ प्रतिशतले बढाएको छ।  बैंकले सोमबार  सार्वजनिक गरेको वित्तीय विवरणमा  नाफा ९२ करोड ३७ लाख रुपैयाँ गरेको उल्लेख छ। बैंकको खुद ब्याज आम्दानी एक अर्ब ६३ करोडबाट एक अर्ब २७ करोड रुपैयाँमा सिमित रहेको  छ।  बैंकको असोज मसान्तसम्ममा अघिल्लो वर्ष  नाफा १ अर्ब ६३ करोड थियो ।

 

 बैंकले यो अवधिमा २ प्रतिशतले ऋण बढाएको छ। ग्राहकलाई जाने ऋण एक खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। स्प्रेड दर ४.१४ बाट २.५९ प्रतिशतमा झरेका कारण खुद ब्याज आम्दानीमा घटेको हो ।

प्रतिक्रिया दिनुहोस