aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

गरिमा स्मार्टबाट आईबिएफटि गर्दा हरेक दिन ५०० रुपैयाँ जित्ने मौका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
गरिमा स्मार्टबाट आईबिएफटि गर्दा हरेक दिन ५०० रुपैयाँ जित्ने मौका

काठमाडौं । गरिमा विकास बैंकले आउँदै गरेको तिहारलाई लक्षित गरि डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाईदा ट्रिपल’ नामक अभियान लिएर आएको छ । फोनपेले ल्याएको आईबिएफटि केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’सँग प्रेरित रहि डिजिटल बैकिङ्गलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न गरिमा विकास बैंकले यो अभियान ल्याएको हो ।

यस अभियानमा हरेक दिन गरिमा स्मार्टबाट आईबिएफटि मार्फत पैसा पठाउने १ भाग्यशाली सेवाग्राहीले दैनिक ५०० रुपैयाँ जित्नेछन् । कात्तिक १५ देखि पौष १६ गते सम्म चल्ने यस अभियानका साप्ताहिक विजेताको घोषणा हरेक आईतबार बेलुका गरिमा विकास बैंकको सबै सामाजिक संजालबाट गरिने छ ।
 

प्रतिक्रिया दिनुहोस