aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

गोर्खाज फाइनान्सको अध्यक्षमा बुढाथोकी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
गोर्खाज फाइनान्सको अध्यक्षमा बुढाथोकी नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी नियुक्त भएका छन् । फाइनान्स कम्पनीको काक्तिक १४ गते आइतबार सम्पन्न सञ्चालक समितिको ४३१ औं बैठकको बहुमतले बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो । अध्यक्षमा अर्का उम्मेदवार प्रमेबहादुर खापुङ रहेका थिए । 

गत असोज १८ गते २६औँ बार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समितिमा ६ जना सञ्चालक समितिका सदस्यहरू सहमतिमा चयन भएका थिए । सभाले संस्थापक समूहतर्फबाट ३ जना र सर्वसाधारण समूहतर्फ ३ जना गरी ६ जना सदस्यहरू चयन भएका थिए ।  

सभाको संस्थापकतर्फबाट प्रेम बहादुर खापुङ, डेकिन्द्र कुमार राई र कर्ण बहादुर राई निर्विरोध निर्वाचित भइका थिए ।  त्यस्तै, सर्वसाधारणतर्फबाट नरेन्द्र कुमार अग्रवाल, रेशु अग्रवाल र गौरव बुढाथोकी निर्विरोध चयन भएका थिए । 

प्रतिक्रिया दिनुहोस