aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

महालक्ष्मी विकास बैंकको नाफा ४४.२८ प्रतिशतले बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
महालक्ष्मी विकास बैंकको नाफा ४४.२८ प्रतिशतले बृद्धि

काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा ४४.२८ प्रतिशतले बृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोहि अवधिमा बैंकले १५ करोड ९७ लाख रूपैयाँ मात्रै खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशतले बढेको छ । भने  नेट फि तथा कमीशन आम्दानी ५८.५५ प्रतिशत र सञ्चालन मुनाफा ५१.४७ प्रतिशत बढेको छ ।

चुक्ता पूँजी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७० करोड संञ्चित रहेको छ ।यस अवधिमा बैंकको निक्षेप ३.०४ प्रतिशत र कर्जा ५.८४ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ६५ पैसा रहेको छ भने  मूल्य आम्दानी अनुपात २१.१३ गुणा रहेको छ ।  बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७९ पैसाले बढेर २७ रुपैयाँ ५९ पैसा भएको छ ।

प्रतिक्रिया दिनुहोस