
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १५ गते दिउसो बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २८ करोड ५६ लाख २० हजार रुपैयाँको आधारमा २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले प्रस्ताव गरेको लाभांशमा यस वर्ष छुटको व्यवस्था छ । साविकको समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकया सम्पन्न भई २०७८ बैशाख २ गतेदेखि एकिकृत कारोबार सुरु भएकाले घोषित लाभांशमा लाग्ने कर छुट हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस